बैशाख १४, २०८१, शुक्रबार
               

नीति तथा कार्यक्रमः यो हो सरकारको पहिलो प्राथमिकता

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालभित्र कोही पनि व्यक्तिको ज्यान जाने अवस्था आउन नदिने बताएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ बाट ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको बताइन् ।

राष्ट्रपतिले कोभिड–१९ बाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको पनि बताइन् ।

त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

सरकारले महामारीले मुलुकको सामाजिक, आर्थिक अवस्थामा परेको प्रभावको अध्ययन गरिरहेको भन्दै उनले यसै आधारमा राज्य प्रणालीको प्रभावकारिता थप वृद्धि गरिने उल्लेख गरिन् ।

त्यस्तै आन्तरिक आवागमन र आपूर्ति व्यवस्था सहज बनाउने, विकास निर्माणलाई तिब्रता दिने कार्यक्रम कार्यान्वयन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

सरकारले कोरोनाभाइरस (कोभिड–१९)का कारण मित्रराष्ट्र तथा विकास साझेदारहरुको स्रोत साधन परिचालनको प्राथमिकता फरक हुन सक्ने भन्दै अधिकतम आन्तरिक स्रोत परिचालनको नीति समेत लिएको छ । 

अधिकांश मुलु्कको आर्थिक वृद्धिदर ऋणात्मक हुन सक्ने देखिएको सन्दर्भमा जोखिम व्यवस्थापन गर्न सक्षम नेपाली अर्थतन्त्रलाई उत्पादनशील र सुदृद्ध बनाउने नीति सरकारले लिएको छ । 

यस्तै आर्थिक क्रियाकलाप, कृषि, विकास निर्माणका कार्य र सामाजिक जनजीवनमा थप क्षति हुन नदिइ सुचारु गरेर तीव्रता दिने पनि सरकारको नीति रहेको छ । 

स्वास्थ्य, शिक्षा, लैंगिक समानता र अन्य सामाजिक सांस्कृतिक कार्यक्रम सञ्चालन र सेवा प्रवाह गरी स्वस्थ, शिक्षित र गतिशिल सामाजिक जीवन कायम गरिने सरकारको नीति रहेको छ । 

सरकारले सुरु गरेका आयोजनाहरु तोकिएको समयमा सम्पन्न गर्ने पनि सरकारको भनाइ छ । फजुल खर्च रोक्ने, उत्पानशील क्षेत्रमा लगानी केन्द्रीत गर्ने तथा वित्तीय अनुशासन कायम गर्ने पनि सरकारको नीति छ।  स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी काम गर्ने पनि सरकारको नीति छ। 

नेपाललाई कोरोनामुक्त देश बनाउन सरकारको पहिलो प्राथमिकता रहेको नीति तथा कार्यक्रम बाचन गर्र्दै राष्ट्रपतिले बताइन् । 

संक्रमणको परीक्षणलाई व्याक बनाइने, चिकित्सक, औषधिको कुनै अभाव हुन नदिने पनि सरकारको नीति छ। कसैको पनि ज्यान जान नदिने गरी सरकार दृढतापूर्वक लागिपरेको पनि राष्ट्रपतिले बताइन् ।

यो पनि