बैशाख १४, २०८१, शुक्रबार
               

अनौठो संयोग ! हरेक आइतबार कोरोनाको प्रभाव कम

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणबाट विश्वमा दिनहुँ औसतमा पाँच हजारभन्दा बढीको ज्यान जाने गरेको पाँच साता भइसक्यो । तर आइतबार भने बडो बिचित्र देखिएको छ । हरेक आइतबार औसतमा मृत्यु घट्ने गरेको छ ।

विश्वभर दैनिक मृत्युको संख्या एक हजारभन्दा माथि पुगेपछिको तथ्यांक नेपाल फ्ल्यासले विश्लेषण गर्दा हरेक आइतबार विश्वका लागि कम दुखद् देखिएको छ । दैनिक चैत ६ गतेयताको दैनिक तथ्यांकमा अरु दिनभन्दा आइतबार मृत्युको संख्या घट्ने गरेको हो । पछिल्ला आठवटा आइतबार कोरोना प्रभावित विश्वका लागि कम दुखद देखिएका हुन् । 

सबैभन्दा बढी प्रभावित अमेरिकामा चैत १६ गतेयताका सात वटा आइतबारमा तुलनात्मक रुपमा मृत्यु कम भएको छ । दोस्रो बढी मृत्यु व्यहोरेको बेलायतमा पनि पछिल्ला ६ आइतबारमध्ये तीनवटामा निक्कै कम मानिस मरेका छन् ।

हेर्नुस् विश्वभर मृत्यु हुनेको दैनिक सूची

स्रोत: वर्ल्डोमिटर
क्रस मिति मृत्यु
चैत ६ १०९४
चैत ७ १३८०
चैत ८ १६४४
चैत ९, आइतबार १६३८
चैत १० १९३२
चैत ११ २४८६
चैत १२ २५८९
चैत १३ २९४५
चैत १४ ३४६९
१० चैत १५ ३६७१
११ चैत १६, आइतबार ३३४३
१२ चैत १७ ४१६०
१३ चैत १८ ४७०९
१४ चैत १९ ५१९०
१५ चैत २० ६२७०
१६ चैत २१ ५९६२
१७ चैत २२ ६०६६
१८ चैत २३, आइतबार ५००४
१९ चैत २४ ५६०६
२० चैत २५ ७८९२
२१ चैत २६ ६७३५
२२ चैत २७ ७६६६
२३ चैत २८ ७३४७
२४ चैत २९ ६२०८
२५ चैत ३०, आइतबार ५५६५
२६ बैशाख १ ५६३९
२७ बैशाख २ ७४०८
२८ बैशाख ३ ८१९०
२९ बैशाख४ ६९९८
३० बैशाख ५ ८४२९
३१ बैशाख ६ ६६७६
३२ बैशाख ७, आइतबार ४८९४
३३ बैशाख ८ ५४८९
३४ बैशाख ९ ७२८४
३५ बैशाख १० ६६९८
३६ बैशाख ११ ६७०५
३७ बैशाख १२ ६४१७
३८ बैशाख १३ ६१०१
३९ बैशाख १४, आइतबार ३७५७
४० बैशाख १५ ४५०९
४१ बैशाख १६ ६६८८
४२ बैशाख १७ ६५९३
४३ बैशाख १८ ५७९५
४४ बैशाख १९ ५६२४
४५ बैशाख २० ५२१७
४६ बैशाख २१, आइतबार ३४८०
४७ बैशाख २२ ४०९६
४८ बैशाख २३ ५७८६
४९ बैशाख २४ ६८११
५० बैशाख २५ ५५८९
५१ बैशाख २६ ५५५०
५२ बैशाख २७ ४२४८
५३ बैशाख २८ आइतबार ३५१०

कस्तो लाग्यो ?

यो पनि