बैशाख १५, २०८१, शनिबार
               

सांसदलाई उपत्यका नछाड्न दाहाल-नेपाल समूहको निर्देशन

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । दाहाल-नेपाल नेतृत्व नेकपाले आफूपक्षीय सांसदरुलाई उपत्यका नछाड्न निर्देशन दिएका छन्।  सिंहदरबारमा आयोजित बैठकमा  बोल्ने क्रममा उनीहरुले आफूपक्षीय सांसदहरुलाई तत्कालका लागि उपत्यका नछाड्न निर्देशन दिएका हुन् । 

‘आजको यो बैठक अनौपचारिक मात्रै हो। बैठकमा नेताहरुले उपत्यकामा बसेका सांसदहरुलाई बाहिर नजान निर्देशन दिनुभएको छ,’ बैठकमा सहभागी सांसद झाँक्रीले भनिन्, ‘सर्वोच्चले १३ दिनभित्र संसद् बोलाउन आदेश दिएकाले जतिखेर पनि प्रतिनिधिसभा बस्न सक्ने निचोडसहित यस्तो निर्देशन भएको हो।’

पुस ५ मा विघटित प्रतिनिधिसभा ११ गते मंगलबार बदर भएसँगै दाहाल-नेपाल समूहले आफ्नो जित भएको बताउँदै आएको छ । खुसियाली मनाउँदै सो समूहले बुधबार देशका विभिन्न स्थानमा खुसियाली जुलुर पनि निकालेको छ ।

यसअघि आन्दोलनका कार्यक्रम घोषणा गर्दै आएको सो समूह यतिखरे अब कसरी अघि बढ्ने भनी विभिन्न भेला र भेटघाटमा जुटेको छ । बुधबार मात्रै सो अध्यक्षद्वय बुढानीलकण्ड पुगी कांग्रेस सभापति देउवासँग भेट गरेका छन् । भेटका क्रममा उनीहरुले आफूहरुलाई साथ दिन आग्रह गरेको खुलेको छ ।   

 


कस्तो लाग्यो ?

यो पनि