बैशाख १५, २०८१, शनिबार
               

कांग्रेससँग मिलेर जान दाहाल-नेपाल स्थायी कमिटी बैठकमा प्रस्ताव

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । दाहाल- नेपाल समूह (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकमा कांग्रेससँग मिलेर जान प्रस्ताव गरिएको बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बुधवार बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले राजनीतिक स्थिरताका लागि कांग्रेसलगायत दलसँग मिलेर अगाडि बढ्नका लागि सो प्रस्ताव गरिएको जानकारी दिए ।

‘प्रतिगमनविरुद्ध कांग्रेससँग संयुक्त आन्दोलन गर्न चाहन्थ्यौँ, त्यो सम्भव भएन । अहिले प्रतिनिधिसभा पुनर्स्थापना भइसकेको स्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे अध्यक्षद्वयले कांग्रेस सभापतिसँग छलफल गर्नुभएको छ । राजनीतिक स्थिरताका लागि फेरि मिलेर जाऊँ भनिएको छ,’ सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रवक्ता श्रेष्ठले भने, ‘देउवालाई प्रधानमन्त्री मान्ने या कसलाई भन्ने विषयमा हामी कुनै निर्णयमा पुगेका छैनौँ ।’

स्थायी कमिटी बैठकअघि प्रचण्ड र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । सो भेटबारे प्रचण्डले बैठकमा ब्रिफिङ गरेका थिए । 

बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध घोषणा गरिएको संघर्षका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । बैठकले भ्रममा परेर अर्को समूहमा लागेका नेता कार्यकर्तालाई पूर्ववत् जिम्मेवारी लिने गरी फर्किन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

बुधबार मात्रै प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।सो क्रममा अध्यक्षद्वाय र सभापतिबीच प्रतिनिधिसभा पुनर्स्थापनापछि कसरी अघि बढ्ने ? संविधानको कार्यान्वयन र लोकतन्त्रको दिशातिर अघि बढ्न र देशलाई राजनीतिक अस्थिरता होइन, स्थिरताकै दिशामा अघि बढाउनका निम्ति मिलेर जानुपर्छ भन्ने कुराकानी भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । 

यो पनि