बैशाख १५, २०८१, शनिबार
               

गृहमन्त्री भन्छन् : अदालतले फैसला ढिलो गरे निर्वाचन सर्न सक्छ

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निर्वाचन पछाडि सर्न सक्ने संकेत गरेका छन् । सोमबार एक कार्यक्रमलाई संबोधन गर्दै ओलीपक्षीय नेता तथा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भएमा निर्वाचन सर्न सक्ने बताएका हुन् । 

उनले भने, ‘प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन सर्न सक्छ। प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन विषय अदालतको फैसलामा भर पर्छ ।’

वैशाखमा चुनाव गराउन सरकार तयारी अवस्था रहेको बताउँदै उनले वैशाखमा निर्वाचनमा हुन्छ कि हुँदैन भन्ने विषय अदालतको फैसलामा भर पर्ने बताए । उनले भने,  ‘निर्वाचन आयोग, सुरक्षा निकायले सबै तयारी गरिरहेका छन्, अदालतको फैसला कुरिरहेका छौँ । अदालतको फैसला ढिला भयो भने निर्वाचन ढिला हुन्छ होला । अदालतले सरकारको निर्णय सदर गर्छ होला ।’

त्यस्तै, उनले नेकपा दुई भागमा विभाजन भएको र हिजोको निर्वाचन आयोगको निर्णयले विगतको पार्टीलाई आधिकारिकता दिएका कारण आगामी निर्वाचनमा चुनाव चिह्न र पार्टीका विषयमा कानूनी जटिलता आउन सक्ने गृहमन्त्री थापाले बताए । उनले भने– ‘चुनाव चिह्न र पार्टीका विषयमा निर्वाचन आयोगले पुरानै पार्टीलाई निरन्तरता दिएको छ ।’

यो पनि