बैशाख १५, २०८१, शनिबार
               

कोरोना संक्रमित नेपाली युवाको पोर्चुगलमा मृत्यु

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

कोरोना भाइरस संक्रमणबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । 

साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनले विगत दुई वर्षदेखि पोर्चुगललाई  आफ्नो कर्मथलो बनाउँदै आएका थिए ।

तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोत्रले जानकारी दिएको छ ।

कोभिडको कारण ज्यान गुमाउने उनी छैटौं व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। पोर्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो। यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या दुई भएको छ ।

राना मृत्युले  नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरेले  बताए ।


कस्तो लाग्यो ?

यो पनि