बैशाख १४, २०८१, शुक्रबार
               

अमेरिकामा कार्यरत नेपाली चिकित्सकको मृत्यु

नेपाल फ्ल्यास
मंसिर १३, २०७७

ADVERTISEMENT

अमेरिकामा कार्यरत एक नेपाली चिकित्सकको मृत्यु भएको छ ।

न्युयोर्क रोचेस्टरस्थित रोचेस्टर जनरल अस्पतालमा कार्यरत ३३ वर्षीय डा. रोशन झाको शुक्रबार हृदयघातका कारण मृत्यु भएको हो ।

धनुषाको देवपुरा, रुपेठा घर भएका डा. झा सन् २०१८ देखि उक्त अस्पतालमा कार्यरत रहेका थिए । 

उनी श्रीमती श्वेता ठाकुरसहित अमेरिका बस्दै आएका थिए । श्वेता पनि मेडिकलको विद्यार्थी भएको र उनी न्युयोर्कको बफेलोमा डेन्टल मेडिसिनमा अध्ययनरत रहेकी छन्।

शुक्रबार बिहान बिरामीको चेकजाँच गरेका उनलाई दिउँसो अचानक हृदयघात भएको र त्यसलगत्तै मृत्यु भएको बताइएको छ । 

कोरोना महामारीमा डा।. झाले अग्रपंक्तिमा रहेर बिरामीहरुको सेवा समेत गरेका थिए ।

रेजिडेन्ट कोर्सका लागि अमेरिका गएका डा. झाले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस र एमडी गरेका थिए । उनले केही समय काठमाडौंको अल्का अस्पतालमा समेत काम गरेका थिए ।

डा. झाको मृत्युप्रति मधेशी एसोसिएसन इन अमेरिकाले एक विज्ञप्ति निकालेर शोक व्यक्त गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ।


कस्तो लाग्यो ?

यो पनि