बैशाख १५, २०८१, शनिबार
               

कोरियाबाट नेपाली ल्याउन ‘चार्टर्ड’ अनुमति

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT


काठमाडौं । नियमित उडान खुलिसक्दा पनि कोरियाको एक एयरलाइन्सलाई नेपाली ल्याउन ‘चार्टर्ड उडान’ गर्ने अनुमति दिइएको छ ।

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको दबाबमा कोरियाको एक एयरलाइन्सलाई नेपाली ल्याउन ‘चार्टर्ड उडान’ गर्ने अनुमति दिइएको छ । एसियाना एयरलाइन्सले अक्टोबर १० तारिखमा २ सयभन्दा बढि नेपाली लिएर नेपाल आउने तालिका छ ।

स्रोतका अनुसार उक्त विमान सेप्टेम्बर २९ तारिखमै नेपाल आउने तालिका थियो । त्यस मितिमा विमान आउन नसकेपछि उसलाई अर्को मिति तोकिएको हो जबकि पर्याप्त संख्यामा दक्षिण कोरियाबाट नेपालका लागि नियमित उडान हुन थालिसकेको छ ।

‘चार्टर्ड उडानमा आउँदा पक्कै पनि त्यहाँ काम गरिरहेका नेपालीलाई महँगो भाडा पर्नेछ । नियमित उडान नै खुलिसकेपछि चार्डर्ड उडान भर्न किन अनुमति दिइयो हामी पनि आश्चर्यमा छौँ’, मन्त्रालयका एक अधिकारीले भने ।

सरकारले पिसिआर परीक्षण सहज नभएका देशका लागि मात्र चार्टर्ड उडानको कोटा दिने निर्णय गरेको थियो । तर, पछिल्लो समय परीक्षण सहज नभएका कतारलगायत देशमा समेत नियमित उडान सुरु भइसकेको छ ।

यो पनि