बैशाख १५, २०८१, शनिबार
               

चीनले नेपालको भूभाग मिच्यो भनी अभिव्यक्ति दिने सहायक प्रमुखले मागे माफी

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

काठमाडौं  । हुम्लाका सहायक प्रमुख दत्तराज हमालले माफी मागेका छन् । चीनले नेपाली भू–भाग अतिक्रमण गरेको भनी ‘विवादास्पद अभिव्यक्ति’ दिएका उनले गृहले स्पष्टीकरण मागेसँगै माफी मागेका हुन् । 

गृहले २४ घन्टाभित्र सो कुराको स्पष्टीकरण दिनु भनी माग गरेको जवाफमा उनले स्थानीयले भनेको कुरामा विश्वास गर्दा आफूबाट गल्ती भएको बताएका छन् । 

केही दिनअघि सहायक प्रजिअ हमालले नाम्खा गाउँपालिका–६ लिमीमा ११ नम्बर सीमास्तम्भ नै गायब भएको र चीनले एकतर्फी रूपमा भौतिक संरचना बनाएको भन्दै छानबिनका लागि स्थलगत प्रतिवेदन तयार पारी गृहमा पठाएका थिए ।

उनको सो प्रतिवेदनसहित गृहले नापी विभागसँग जानकारी लिएको थियो । तर, नापी विभागले अतिक्रमण भएको भनी गलत हल्ला चलाएको बताएको थियो । 

गृह मन्त्रालयले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पुग्ने गरी अभिव्यक्ति दिएका कारण सहायक प्रजिअ हमाललाई स्पष्टीकरण सोधिएको जानकारी दिएको छ । 

यो पनि