बैशाख १५, २०८१, शनिबार
               

बुधबार थपिए १ हजार १७२ संक्रमित

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप १ हजार १७२ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । 

आज देशभर सक्रिय संक्रमितकाे संख्या १७हजार ४१४ जना छन् । संस्थागत आइसोलेशनमा ८ हजार २२८ जना छन् ।  साथै ९ हजार ४४९ जनाकाे पिसिआर परीक्षण गरिएकाे छ । आज १ हजार ८९३ जनाले कोरोना जितेका छन् । 

आइसियुमा २२० जना उपचाररत छन् । भेन्टिलेटरमा ४३ जना उपचाररत रहेकाे मन्त्रालयले जनाएकाे छ । 

यो पनि