बैशाख १४, २०८१, शुक्रबार
               

१८ जिल्लामा एक हजारभन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार एक हजारभन्दा बढी संक्रमित हुने जिल्ला उपत्यकासहित १८ वटा छन् । काठमाडौं जिल्लापछि पर्सामा सबभन्दा बढी संक्रमित देखिएका छन् । पर्सामा दुई हजार ५४४, सर्लाहीमा दुई हजार २७९, मोरङमा दुई हजार २६७, रौतहटमा दुई हजार ९, कैलालीमा एक हजार ९९०, धनुषामा एक हजार ९०३ र रुपन्देहीमा एक हजार ७८४ जनामा संक्रमण देखिएको छ ।

यस्तै बाँकेमा एक हजार ४५०, महोत्तरीमा एक हजार ४२३, चितवनमा एक हजार ३४४,  सुनसरीमा एक हजार ३१६, कपिलवस्तुमा एक हजार २७७, बारामा एक हजार २३७, दैलेखमा एक हजार ९९ र डोटीमा एक हजार २० जना रहेका छन् । नेपालमा अहिलेसम्म कुल ३९ हजार ५७६ जना डिस्चार्ज भएका छन् ।

यो पनि