बैशाख १५, २०८१, शनिबार
               

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सोमबारदेखि निषेधाज्ञा लागू हुने

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबारदेखि लागु हुने निषेधाज्ञा जारी गरेको छ ।

जिल्लास्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी)को आइतबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । सो निषेधाज्ञा सोमबारदेखि साउन ३२ गते राति १२ बजेसम्म लागु हुने बताइएको छ । 

अत्यावश्यक कामबाहेक कुनैपनि व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको बताउँदै  यदि कसैले निषेधाज्ञा आदेशको अवज्ञा गरेमा संक्रामक रोग ऐन अनुसार कडा कारबाही हुने बताइएको छ । 

खाद्यान्न र तरकारी पसलका सन्दर्भमा  प्रत्येक दिन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खुला राखी भौतिक दुरी कायम गरी बिक्री गर्न पाइने जिल्ला प्रशासन कार्यालयको सूचनामा बताइएको छ । 

यो पनि