बैशाख १४, २०८१, शुक्रबार
               

अभिषेक बच्चनले पनि जिते कोरोना

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

भारतीय अभिनेता अभिषेक बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भएका हुन् ।

अभिषेकले सामाजिक सञ्जालमार्फत कोरोना रिपोर्ट नगेटिभ आएको बताएका छन् ।

अभिनेता अभिषेकसँगै परिवारका सदस्य अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन र आरध्यामा कोरोना संक्रमण भएको थियो । गत अगस्ट २ मा अमिताभले पनि कोरोना जितेर घर फर्किएका थिए ।

यसअघि नै कोभिड–१९ निको भएर ऐश्वर्या र आरध्या घर फर्किसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि