बैशाख १४, २०८१, शुक्रबार
               

प्रेमराजा महत दम्पत्तिलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

वरिष्ठ लोकगायक तथा मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत र उनकी धर्मपत्नी कविता केसी महत दुवै जना कोरोना भाइरस (कोभिड–१९ ) बाट संक्रमित भएका छन् । 

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमै रहँदा दम्पत्ती कोभिड–१९ बाट संक्रमित भएका हुन् ।

लोकगायक महतले सामाजिक सञ्जाल (फेसबुक) मार्फत आफू र धर्मपत्नी दुवै संक्रमित भएको जानकारी दिएका छन् ।

कोरोनाको महामारीमा पूर्ण सतर्कता, सावधान, सामाजिक दूरी र सुरक्षाका सबै उपाय अपनाउँदा अपनाउँदै पनि आफूहरु संक्रमित भएको उनले बताएका छन् । 

महतले सबैलाई सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।

महाबाणिज्यदूत महतले हाल आफ्नै घरको एउटा एउटा कोठामा दुबै जना आइसोलेसन बसेको जनाएका छन् ।

उनले छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा आइसोलेसन बसेको बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि