बैशाख १४, २०८१, शुक्रबार
               

'अयोग्य' महासेठले मारे छलाङ ! परिवारवादको विरोध गर्ने दम्पतीको आलोपालो

नेपाल फ्ल्यास
जेठ २१, २०७८

ADVERTISEMENT

काठमाडौं । २०५६ सालको संसदीय निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट उठेका थिए हालको एमालेका नेता रघुवीर महासेठ । त्यतिबेला उनको प्रमुख मुद्दा थियो परिवारवादको राजनीतिको विरोध ।

त्यो क्षेत्रमा राप्रपाले हेमबहादुर मल्ल 'शेरे धनुषा'लाई उम्मेदवार बनाएको थियो । भलै हेमबहादुरले शानदार मत ल्याए पनि चुनाव हारे । तर महासेठको आशंका थियो हेमबहादुरले चुनाव जित्छन् भन्ने । पञ्चायतमा मल्ल र उनी कान्छी श्रीमतिले सिंगो जिल्लाबाट दुईजना निर्वाचित हुने राष्ट्रिय पञ्चायतको चुनावमा बाजी मारेका थिए । त्यसैले महासेठले परिवारवादको राजनीतिको विरोधलाई मुल मुद्दा त बनाए तर चुनाव भने कांग्रेस उम्मेदवार आनन्दप्रसाद ढुंगानाले जितेका थिए । 

महासेठले चुनाव हारे । उनको दल बामदेव गौतमको नेतृत्वमा रहेको नेकपा मालेले देशभर करिव आठ प्रतिशत मत ल्याए पनि सिट भने शून्य हात पर्‍यो ।

समयान्तरसँगै अहिले रघुवीर महासेठ र उनी पत्नी जुलीकुमारी महतो यतिबेला ओली सरकारमा आलोपालो मन्त्री बनिरहेका छन् । हिजोका तिनै पात्र, जो परिवारवादको राजनीतिको चर्को विरोध गर्थे, राज्यसत्तामा आज उनको परिवारवाद हावी भएको छ ।

रघुवीर महासेठले ओली सरकारका प्रभावशाली मन्त्री प्रदीप ज्ञवालीलाई प्रतिस्थापन गरेका छन् । गएको मंसिर ४ गते राम्रो परपर्मेन्स गर्न नसकेको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्रीबाट मुक्त भएका महासेठ अहिले उपप्रधानमन्त्री बनेका छन् । अघिल्लोपटक महासेठको मन्त्रिपरिषद्‍बाट बर्खास्तगीको केही समयपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाइएकी जुलीकुमारी महतो यस यसपटक पदमुक्त बनेकी छन् ।

जुली महतो व्यवासायी एवं गैरआवासीय नेपाली संघको संस्थापक अध्यक्ष उपेन्द्र महतोको बहिनी हुन् । बहिनी र ज्वाइँको राजनीतिमा अध्यक्ष महतोले धेरै योगदान पुर्‍याएका छन् । लामो समय बामदेव गौतम निकट रहेर राजनीति गरेका महासेठ भौतिक पूर्वाधारमन्त्रीबाट च्युत भएपछि ओलीसँग रुष्ट थिए । तर पछि उनी ओलीसँगै रहनु र पत्नी जुली मन्त्री बन्नुमा व्यावसायी उपेन्द्र महतो हात र साथ रहेको बालुवाटारमा उठबस भएको स्रोतले जनाएको छ ।

त्यसैगरी अर्थमन्त्री विष्णु पौडेल पनि अब उपप्रधानमन्त्री बनेका छन् । योसँगै उपप्रधानमन्त्रीको संख्या तीन पुगेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले मन्त्रिपरिषद्‍बाट हात धुनु परेको छ भने जनता समाजवादी पार्टीका राजेन्द्र महतो उपप्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री ओलीले रक्षा र गृहसहित सात मन्त्रालय आफूसँगै राखेका छन् । यसबाट पुन: मन्त्रिपरिषद् हेरफेर हुने संकेत प्रधानमन्त्रीले गरेका छन् ।

पुनर्गठित मन्त्रिपरिषद्‍मा ३ उपप्रधानमन्त्रीबाहेक १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।

यस्तो छ पुनर्गठित मन्त्रिपरिषद्

प्रधानमन्त्री केपी शर्मा ओली- रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन

विष्णु पौडेल- उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो- उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ- उपप्रधानमन्त्री, परराष्ट्र

शेरबहादुर तामाङ- स्वास्थ्यमन्त्री
कृष्णगोपाल श्रेष्ठ- मन्त्री, शिक्षा
बसन्तकुमार नेम्वाङ- मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ- मन्त्री, कान्न, न्याय तथा संसदीय मामिला
शरतसिंह भण्डारी- मन्त्री, ऊर्जा, जलस्रोत तथा सिचाइँ
अनिल झा- मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव- श्रम तथा रोजगार
उमाशंकर अरगरिया- मन्त्री, वन तथा वातावरण
लक्ष्मणलाल कर्ण- मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण
चन्दा चौधरी- मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ- मन्त्री, युवा तथा खेलकुद

चन्द्रकान्त चौधरी- राज्यमन्त्री, ऊर्जा, जलस्रोत तथा सिचाइँ
रेणुका गुरुङ- राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

यो पनि