बैशाख ०८, २०८१, शनिबार
               

उम्र और जिस्म, नही देखती प्यारकी तडप !

चेतन पाण्डे
असार २५, २०७७

ADVERTISEMENT

धन्य ! हामीलाई नभए पनि भारतीय मिडियालाई त विश्वास रहेछ । दुई पटक मिर्गौला प्रत्यारोपण गराएका हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको यौन शक्ति अहिले पनि दरिलै छ भनेर । विज्ञानको खोजभन्दा अगाडि बढी सकेका पो रहेछन्, भारतका मिडिया । कहिले काहीँ हामीलाई पनि लाग्छ, ‘एलियन’ समातेर राखेका पो छन् कि क्या हो, दुश्मन देशको गुप्तचरी गराउन ?

करण जौहरबाट धेरै सिकेका पनि रहेछन्, ती मिडियाले । रोमान्टिक कथा रच्न । अनि ओलीको ‘गर्लफ्रेन्ड’ बनाइदिए नेपालका लागि चीनकी राजदूत होऊ यान्छीलाई, हाम्रा प्रधानमन्त्रीको । अनि एउटा सुन्दर पटकथा तयार पारे । नेपाल र भारतबिचको दुरी बढ्नुको कारण बनाए, त्यो काल्पनिक प्रेम कथालाई ।

बिचरा बुढालाई अनेकौँ टेन्सनमाथि थप टेन्सन । कति रिसाइन् होलिन्, राधिका भाउजू आफ्ना बुढाका प्रेम कहानी विदेशी टेलिभिजनमा हेरेर ? कम से कम विदेशी समाचार च्यानलले भन्दा त उनले पहिले थाहा पाउनु पर्थ्यो नि, आफ्ना पतिका रसरङ्गका कथा ।

त्यो बेला कुनै ‘हनी ट्रयापिङ’ भएको रहेनछ ? कि सी ङ पिङसँग भारतीय रजत पटकी कुनै सुन्दरीको ‘एसएमएस’ भेटिएको रहेछ, त्यो बेला ? अहिले नेपाललाई उक्साउने चीनले (भारतीय मिडियाको भनाइमा) त त्यति बेला भारतसँगै मिलेर खुसुक्क बाटो बनाउन हस्ताक्षर गरेकै हो । 

हे प्रभु ! ओली युवती भनेर त्यति नै मरिमेट्छन् भन्ने थाहा भएको भए त भारतमा पनि एक से एक सुन्दरी थिए नि त ! यसो भेट्न पठाएको भए हुन्थ्यो नि, भारतीय रजत पटका चिटिक्क देखिने सुन्दरीलाई । अनि त न नेपालको नयाँ प्रशासनिक र राजनीतिक नक्सा बन्थ्यो, नतै भारतले मिचेका नेपाली भूभागलाई नेपालले आफ्नो दाबी गर्थ्यो ।

अनि ती मिडियालाई एक पटक सोध्न मन पनि लागेको छ । सन् २०१५ मा नेपालको भूमि मिचेर लिम्पियाधुराबाट व्यापारिक मार्ग बनाउने भनेर चीनसँग सुटुक्क हस्ताक्षर गर्दा ताका कसको जालमा को फसेका रहेछन् भनेर ? त्यो बेला कुनै ‘हनी ट्रयापिङ’ भएको रहेनछ ? कि सी चिङ पिङसँग भारतीय रजत पटकी कुनै सुन्दरीको ‘एसएमएस’ भेटिएको रहेछ, त्यो बेला ? अहिले नेपाललाई उक्साउने चीनले (भारतीय मिडियाको भनाइमा) त त्यति बेला भारतसँगै मिलेर खुसुक्क बाटो बनाउन हस्ताक्षर गरेकै हो । 

आरोप लगाउनु को पनि हद हुन्छ नि यार !

अहिले मलाई ओलीसँगै बसेर भारतीय मिडियाले बनाएको त्यो कुटिल समाचार हेर्ने रहर जागेको छ । ओली मरिमरी हाँस्छन् होला कि आजकाल प्रचण्डको अनुहार देख्दा झैँ ठुस्स बनाउँछन् होला ?

सुनेको थिएँ । मानिसको उमेर र रोगसँगै यौन शक्ति पनि दुर्बल हुँदै जान्छ रे । भारतीय मिडियाले त्यस्तो खोजि (इस्!!) गरेर बनाएको समाचार सत्य हो भने ओलीकी निजी चिकित्सक दिव्या सिंह शाह र अन्य डाक्टरलाई मुरी मुरी धन्यवाद मात्र होइन, नोबेल पुरस्कारका लागि पनि सिफारिस पनि गर्नु पर्छ । उनीहरू कै अथक प्रयासको नतिजाले नै त हो, हाम्रा प्रधानमन्त्रीलाई दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएको २ साता मै हिँड्ने बनाएको । अनि त्यति सुन्दर राजदूतसँग ‘अफेयर’ गर्न सक्नेसम्म पनि बनाएको ।

पक्कै होऊ यान्छी पनि मुस्कुराएकै हुनुपर्छ, ओलीसँग आफ्ना प्रेमका नाटकीय रूपान्तरण गरिएका दृश्य हेरेर । बन्द कोठाभित्र उनीहरूले गरेका कुराकानीसमेत थाहा पाउने भारतीय मिडियाको तागत देखेर । उनलाई पनि लाग्यो होला, चीनले समात्न नसकेको ‘एलियन’ भारतीय मिडियाको हातमा कसरी लाग्यो भनेर ।

धन्य छन् ! भारतीय मिडिया, जसले स्वयं ओलीलाई आफ्नै बारेमा थाहा नभएको गोप्य शक्तिको जानकारी समेत दिलाइ दियो । उनलाई पत्तै नभएको उनकै प्रेम बारे पनि जानकारी गराइ दियो । उनले वास्तविकतामा अनुभव गर्न नपाएको प्रेमको कथा भारतीय मिडिया हेरेर अनुभूति गर्न पाएका छन् । पक्कै एक पटक त काउकुती लाग्यो पनि होला, भर्खरै चिरेको उनको पेटमा । 

पक्कै होऊ यान्छी पनि मुस्कुराएकै हुनुपर्छ, ओलीसँग आफ्ना प्रेमका नाटकीय रूपान्तरण गरिएका दृश्य हेरेर । बन्द कोठाभित्र उनीहरूले गरेका कुराकानीसमेत थाहा पाउने भारतीय मिडियाको तागत देखेर । उनलाई पनि लाग्यो होला, चीनले समात्न नसकेको ‘एलियन’ भारतीय मिडियाको हातमा कसरी लाग्यो भनेर । शायद काला जादुको करामत पनि हुन सक्छ कि भन्ने पनि सोचिन् होला । आखिर संसारमा सबैभन्दा बढी काला जादुको विश्वास गर्ने पनि भारतीय नै त होलान् ?

के थाहा अब भोलि कुनै दिन भारतमा एउटा चलचित्र बन्ने छ । अनि नाम राखिने छ, ‘उम्र और जिस्म, नही देखती प्यारकी तडप’ ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि