बैशाख २३, २०८१, आइतबार
               

रुवी भ्याली गाउँपालिका अध्यक्षको बदमासीबारे संसदमा उठ्यो प्रश्न

नेपाल फ्ल्यास
असार १३, २०८०

ADVERTISEMENT

रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले शिक्षकलाई दुई थप्पड हानेर तिनै शिक्षकलाई पक्राउ गरेको घटनाबारे संसदमा प्रश्न उठेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा राप्रपा सांसद धवल शम्सेर राणाले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाउन गएका रुवी भ्यालीका शिक्षक ऋषिराम खनाललाई पालिका अध्यक्षले कुटपिट गरी घाइते बनाएको र उल्टै तिनै शिक्षकलाई पक्राउ गरी कारबाही गरेको भन्दै सरकारको जवाफ मागेका छन् । 

गाउँपालिका अध्यक्ष तामाङ माओवादी केन्द्रबाट निर्वाचित हुन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल र धादिङका  एसपी गौतम मिश्रको दबाबमा शिक्षक खनाललाई पक्राउ गरी मुद्दा चलाइएको स्थानीयको आरोप छ ।

गत आइतबार गाउँपालिका कार्यालय सेर्तुङमा गाउँसभा अधिवेशनको क्रममा विवाद भएको हो । केही महिनादेखि गाउँपालिकाले शिक्षकहरूको तलब रोकेपछि निकासा पाउन भन्दै शिक्षक ऋषिराम खनालसहित पालिका अध्यक्षलाई ज्ञापनपत्र दिने प्रयास गरेका थिए । तर अध्यक्ष तामाङले ज्ञापनपत्र च्यात्दै शिक्षक खनाललाई हिर्काएका थिए । 

त्यसपछि केही युवाहरू अध्यक्षमाथि जाइलागेका थिए । तनावले अन्तिममा झडपको रूप लिएको थियो । त्यसपछि रुवी भ्याली ४ का युवा र अध्यक्ष तामाङबीच हानाहानको स्थिति सिर्जना भई गाउँसभा नै केही घण्टा रोकिएको थियो । प्रहरीले हस्तक्षेप नगरेको भए गाउँसभा अघि बढ्ने अवस्था समेत थिएन । 

अध्यक्ष निकटका रोमी घले, मर्कुस घले र ओमबहादुर तामाङसमेतले बोराङ गाउँका युवकहरूमाथि आक्रमण गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो । त्यसक्रममा शिक्षक ऋषिराम खनालसहित  सुकलाल तामाङ र सुरेन्द्र तामाङ घाइते भएका थिए । अध्यक्ष समर्थकको आक्रमणबाट गम्भीर घाइते सुकलाल तामाङको टाउकोमा चोट लागेको थियो । घटनामा शिक्षक खनाल सख्त बनेका थिए । प्रहरीले आक्रमणकारीलाई बचाएर घाइते शिक्षक खनाललाई नियन्त्रणमा लिएको थियो । 

२०७४ सालको निर्वाचनमा राप्रपाले बहुमत जितेको रुवी भ्यालीमा गत स्थानीय निर्वाचनमा राप्रपालाई हराउन सबै प्रमुख राजनीतिक दल एक भएका थिए । 

यस्तो छ गाउँपालिका अध्यक्षको दादागिरी

 

 

 

 

यो पनि