बैशाख १३, २०८१, बिहीबार
               

के थियो टीकापुर घटनामा अदालतको फैसला ?

नेपाल फ्ल्यास
मंसिर २६, २०७९

ADVERTISEMENT

सरकारले टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन अध्यादेशको तयारी गरिरहेको छ । 

सरकार बनाउने खेलमा अहिलेसम्म जेलमा रहेका रेशम चौधरीलाई सरकारले खोर बाहिर ल्याउन लागेको हो ।

हुन पनि सशस्त्र युद्धमा मारिएका १७ हजार मानिसमध्ये पाँच हजारको जिम्मा लिन्छु भनेर खुलेर भन्ने पुष्पकमल दाहालहरूका अगाडि रेशम निरीह नै हुन् ।

रेशमको दल नागरिक उन्मुक्तिले प्रत्यक्षमा तीन र सोही दल समर्थित एकजनाले स्वतन्त्र गरेर चार सिट हात पारेको छ । त्यो चार सिटले अन्ततः राज्यसत्तालाई अध्यादेश ल्याउने तहमा पुर्‍यायो । 

रिट दायर गरेर सम्भवतः सर्वोच्च अदालतबाट रोकावट भएन भने अध्यादेश कानुन बन्नबाट छेकिने छैन । 

कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मीको मृत्यु भएको थियो । २्०७२ साल भदौ ७ गतेको घटनामा २ वर्षका बालक टेकेन्द्र साउदको पनि मृत्यु भएको थियो ।

घटनामा ५० भन्दा बढी सुरक्षाकर्मी र केही आन्दोलनकारी घाइते भएका छन् । 

सीमांकनको विरोधमा आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले सोमबार सरकारी कार्यालयहरूमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रम थियो ।  निषेधाज्ञा तोडेर आन्दोलनकारी अघि बढेपछि आन्दोलन हिंसात्मक हुन पुगेको छ ।

छुरा, भाला, बन्चरोसहित घरेलु हतियार बोकेर ८/१० हजारको संख्यामा आन्दोलनकारी सडकमा आए । आन्दोलनकारीले भालाले एसएसपी न्यौपानेको बीभत्स हत्या गरेका थिए ।

हेरौं टीकापुर घटनामा जिल्ला अदालतको फैसला !

यो पनि