बैशाख १४, २०८१, शुक्रबार
               

दर्शनार्थी बोकेको बोलेरो दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते

नेपाल फ्ल्यास
कात्तिक २९, २०७८

ADVERTISEMENT

ओखलढुंगा । चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेको बोलेरो जीप सोमबार दुर्घटना हुँदा तीन जनको मत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

सुनकोशी गाउँपालिका– ८ च्यानम हुँदै ककनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका– ९ को जौबारी नजिकैको कुसाङमाभ सडकबाट करीब ६ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी घाइते भएकाको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए । गम्भीर घाइतेलाई काठमाडौं लैजान हेलिकोप्टर झिकाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि