बैशाख ०८, २०८१, शनिबार
               

एकादशी बजार हिँडेको जीप दुर्घटना

नेपाल फ्ल्यास
कात्तिक २९, २०७८

ADVERTISEMENT

ओखलढुंगा । एकादशी बजार भर्न ककनी बजार जाँदै गरेको बोलेरो जीप सुनकोशी गाउँपालिकामा दुर्घटनामा परेको छ ।

ओखलढुंगाबाट ककनी बजार जाँदै गरेको  बोलेर सोमबार बिहान जौबारी सडकबाट करिब सय मिटर तल खोल्सामा खसेको वडा अध्यक्ष झनक कार्कीले बताए ।

दुर्घटनामा परी केही यात्रुको हताहती भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि यकीन विवरण आइसकेको छैन । बोलेरोमा कति सवारी थिए भन्ने बारेमा औपचारिक जानकारी आउन बाँकी छ ।

प्रहरी चौकी कोषहाटको टोली घटनास्थल पुगेको छ । दुर्घटनामा परेकाको उद्धार कार्य जारी रहेको वडाअध्यक्ष कार्कीले जानकारी दिए ।

दुर्घटनामा परेको गाडी सुनकोशी गाउँपालिका वडा नम्बर ८ का सुमन बोगटीको रहेको स्थानीयले बताएका छन् । सिद्धिचरण नगरपालिका–१० रुप्सेका स्थानीय चम्पादेवी ककनीको दर्शन गर्न सोमबार बिहानै हिँडेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि