बैशाख १४, २०८१, शुक्रबार
               

कोरोनाबाट अर्घाखाँचीमा एकै दिन दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २०, २०७८

ADVERTISEMENT

अर्घाखाँची । कोरोना संक्रमणबाट बिहीबार अर्घाखाँचीमा एकै दिन दुई जनाको मृत्यु भएको छ ।

सन्धिखर्क नगरपालिका– १ का ६६ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा र भूमिकास्थान नगरपालिका– ४ का ५९ वर्षीय पुरुषको अर्घाखाँची अस्पतालमा बिहीबार ज्यान गएको हो । योसँगै कोभिडबाट ज्यान गुमाउनेको संख्या अर्घाखाँचीमा ८९ पुगेको छ ।

त्यस्तै आज अर्घाखाँची जिल्लामा तीन जना कोभिड संक्रमण मुक्त भएका छन् भने दुई जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

योसँगै अर्घाखाँचीमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ४ हजार ४ सय ५१ पुगेको छ भने हाल अर्घाखाँची जिल्लामा ५८ जना सक्रिय संक्रमित रहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि