कात्तिक ३०, २०८१, शुक्रबार
               

सभामुखले बोलाए सर्वदलीय बैठक

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । लगातार प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद् बैठकमा नाराबाजी गरेपछि सभामुख सापकोटाले सदनको गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बोलाएका हुन् । 

‘सभामुखज्यूले भोलि (२८ भदौ बुधबार) दिउँसो साढे २ बजेका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष/प्रमुखसँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ’, सभामुखको प्रेस संयोजक श्रीधर न्यौपानेले भने । 

एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्दै एमाले सांसदहरूले बुधबार, बिहीबार र आइतबार गरी तीन दिनको बैठकमा नाराबाजी गरेर अवरोध सृजना गरेका छन् । 

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्नुपर्ने, सभामुखले माफी माग्नुपर्ने एमालेको माग छ ।


कस्तो लाग्यो ?

यो पनि