जेठ ०६, २०८१, आइतबार
               

साढे ६ लाखको सुनसहित २ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ ०२, २०७८

ADVERTISEMENT

बर्दियाकाे गुलरिया नगरपालिका-८ भादा पुलबाट कागजपत्र (बिलभरपाई) नभएका करिब ६ लाख ४८ हजार ५ सय ५ रुपैयाँ मूल्य बराबरको ८६.६४ ग्राम सुन सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-७ बस्ने २४ वर्षीय दिपेन्द्र सिंह र सोही नगरपालिका-३ बस्ने २३ वर्षीय अशोक लोध रहेका छन् । उक्त स्थानमा अगाडि लु.६२ प ६२२६ र पछाडी लु.६२ प ६८२६ नम्बर लेखिएको स्कुटरलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा डिक्कीभित्र उक्त परिमाणको सुन फेला पारी स्कुटरमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद सुनसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि