असोज ०६, २०८१, आइतबार
               

सुजिता मृत्यु प्रकरण : सुकदेवलाई ५० हजार धरौटीमा छाड्न आदेश

नेपाल फ्ल्यास
साउन ३२, २०७८

ADVERTISEMENT

चितवनको राप्ती नगरपालिका-३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा पक्राउ परेका सुकदेव भण्डारीलाई चितवन जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

सोमबार चितवन जिल्ला अदालतले आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्त भण्डारीलाई धरौटीमा छाड्न आदेश दिएको हो ।  

न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासमा भएको थुनछेक बहसपछि सुकदेवलाई अन्तिम फैसला नआउदाँसम्म धरौटीमा छोड्न आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यले बताए ।

सुकदेवले धरौटी बुझाउन नसकेपछि सोमबार उनी कारागार चलान भएको श्रेस्तेदार आचार्यले बताए । उनले धरौटी बुझाएको खण्डमा जुनसुकै दिन थुनामुक्त हुन सक्नेछन् ।   

सुजिताकी आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध ६ साउनमा आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेकी थिइन् । चितवन  प्रहरीले सुकदेवलाई ७ साउनमा पक्राउ गरेको थियो ।

पक्राउ परेका झापा जिल्ला झापा गाउँपालिका –६, शरणामतीका २३ वर्षीय भण्डारी नातामा सुजिताका दाइ पर्छन् । 

प्रहरी अनुसन्धानका क्रममा दाजुबहिनी नाता पर्ने सुकदेव र सुजिता प्रेमसम्बन्धमा रहेको खुलेको थियो ।

गत ९ असारमा सुजिताले सुकदेवलाई विवाहको प्रस्ताव राखे पनि अस्वीकार हुँदा सुजिताले आत्महत्या गरेको प्रहरीको दाबी छ ।

११ असारको बिहान ६ बजे साथीको घर जान भनी निस्केकी सुजिता अपरिचित व्यक्तिहरूद्वारा अपहरण भएको भन्दै इलाका प्रहरी कार्यालय भण्डारामा परिवारले जाहेरी दिएका थिए ।

सुजिता बेपत्ता भएको ९ दिनपछि राप्ती-३ कै सामुदायिक वनमा शव फेला परेको थियो । 

यो पनि