जेठ ०६, २०८१, आइतबार
               

उदयपुरमा किशोरीको हत्या, २ जना पक्राउ

नेपाल फ्ल्यास
साउन ३२, २०७८

ADVERTISEMENT

उदयपुर । उदयपुर को त्रियुगा नगरपालिका–१ राजदेवी सामुदायिक वनमा मृत फेला परेकी १६ वर्षिया कृशला चौधरीको हत्या भएको खुलासा भएको छ । हत्या आरोपमा उदयपुर प्रहरीले दुईजना युवालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–१ घर भएका २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विशे सदा छन् । त्रियुगा नगरपलिका–६  घर भएकी कृशला चौधरीको साउन १३ मा बेपत्ता भएकी थिइन् । साउन १९ मा शव फेला परेपछि घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

साउन २० मा मृतकका बुवा प्रेम कुमार चौधरीले शवको सनाखत गरेसँगै प्रहरीले १ सय जना शंकास्पदहरुसँग सोधपुछ गरेको थियो । उचितलाल सदा र विषे सदा मिलेर राजदेवी सामुदायिक बन स्थित रातमाटे खहरे खोलामा घाँटी थिचेर किशोरीको हत्या गरेको अनुसन्धानबाट थाहा भएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले बताए ।

आरोपी उचितलाल सदाले कृशला चौधरीले आफ्नो घर परिवार बिगारेको हुनाले बदला स्वरुप हत्या गरेको प्रहरीलाई बताएका छन् । उचितलालको पत्नी र कृशलाको बिचमा चिनजान थियो । पत्नीलाई गलत कुरा सिकाएर ‘घर भाँडेको’ आरोप लगाएर उचितलालले विषे सदाको सहयोगमा कृशलालाई खहरेमा बोलाएर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

मृतकका आफन्तले हत्यारा पत्ता लगाउन दवाव दिँदै उदयपुरमा आन्दोलन गरेका थिए । संघीय संसदमा पनि हत्याबारे कुरा उठाइएको थियो । प्रहरीले अदालतबाट १० दिनको म्याद लिएर आरोपीहरुमाथि अनुसन्धान गरिरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि