जेठ ०६, २०८१, आइतबार
               

घरबाट फोहर ननिकाल्न काठमाडौं महानगरको अपिल

नेपाल फ्ल्यास
साउन ३२, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमा रहेको फोहर बाहिर ननिकाल्न अपिल गरेको छ ।

महानगरपालिकाको कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै फोहर घरबाहिर ननिकाल्न अपिल गरेको हो ।

उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहर घरबाट बाहिर ननिकाल्न महानगरले आग्रह गरेको हो ।

‘ल्याण्डफिल्ड साइटको सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रिन गई फोहोर विसर्जन गर्न नसकिएकोले केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं,’ महानगरपालिकाको सूचनामा भनिएको छ ।

ल्याण्डफिल्ड साइट सञ्चालनमा आएपछि मात्रै नगरपालिका फोहर उठाउन घरदैलोमा आउने बताइएको छ । 

केही दिनदेखि फोहर नउठेपछि काठमाडौंका सडकका छेउ छाउमा फोहर थुप्रिन थालेको छ । अझै कति दिनपछि फोहोर उठ्छ भन्ने निश्चित छैन ।

काठमाडौंको फोहर विसर्जन गरिने नुवाकोटको ककनी गाउँपालिका-२ स्थित सिस्डोलमा रहेको ल्याण्डफिल्ड साइट जाने सडक बिग्रिएको छ ।

यो पनि