बैशाख १५, २०८१, शनिबार
               

अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह

नेपाल फ्ल्यास
साउन ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज (आइतवार) विज्ञप्ति निकालेर अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गर्दै विवरण सङ्कलनका लागि अनलाइन रजिस्ट्रेशन सुरु गरेको जानकारी दिएको छ । 

अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरूको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइट nepal consular.gov.np मा आफ्नो नामसहितको विवरण भर्न सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसका साथै भाइबर र ह्वाट्सएपमार्फत समेत सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

जसका लागि ९७४९३२६४५८ कन्सुलर सेवा विभाग र ९७४९३२६४५९ परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरू तथा अन्तर्राष्ट्रिय संघ-संस्थामा कार्यरत नेपालीहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन पहल गरिरहेको मन्त्रालयले जनाएको छ ।

उद्धार तथा सुरक्षित स्थानमा राख्नका लागि सरकारले मित्र राष्ट्रहरू, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र संघका कार्यालयलाई पत्राचार गरिसकेको जनाएको छ ।

सरकारले नेपालीहरूको उद्धारका लागि उच्चस्तरीय कार्यदल (समिति) गठन गरिसकेको छ ।

सरकारले अफगानिस्तानमा समस्यामा परेका नेपालीहरूलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा एक कार्यदल (समिति) गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरत राज पौड्यालले जानकारी दिए । 

समितिको बैठकमा मन्त्रालयका सचिव पाैड्यालले अफगानिस्तानमा औपचारिक क्षेत्रमा झन्डै एक हजार पाँच सय नेपाली रहेको जानकारी दिए । 

यो पनि