बैशाख २६, २०८१, बुधबार
               

छिमेकी जिल्लामा नयाँ भेरियन्ट देखिएपछि साउन मसान्तसम्म निषेधाज्ञा

नेपाल फ्ल्यास
साउन २०, २०७८

फाइल फोटो
ADVERTISEMENT

तनहुँ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै तनहुँमा साउन मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ ।

छिमेकी जिल्लामा नयाँ डेल्टा भेरियन्ट देखा परेकाले समुदायमा व्यापक फैलिनसक्ने अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको अवधि साउन ३२ गतेसम्म थपिएको हो । 

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जोखिम अझै कायम रहेकोले निषेधाज्ञाको अवधि बढाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । 

निषेधाज्ञा अवधिभर स्वास्थ्य र सुरक्षा मापदण्ड पूरा गरेर एम्बुलेन्स, ग्यास पेट्रोलियम पदार्थ, खानेपानी, औषधि तथा उपचार सामग्री, स्वास्थ्य संस्था, अस्पताल, भेटेरिनरी औषधि पसल, दूरसञ्चार, इन्टरनेट, फोहरमैला व्यवस्थापन, मल, बीउ र कृषि सामग्री दुग्ध व्यवसाय, बैंकको एटिएम सेवा, कुरियर, डाँक सेवा र सार्वजनिक निर्माणसम्बन्धी कार्य र सेवा तथा ढुवानी सेवा निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ । 

त्यसैगरी बन्द गरिएका सेवा तथा व्यवसायबाहेक अन्य सबै सेवा र व्यवसाय बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।

साथै स्वास्थ्य र सुरक्षाको पर्याप्त प्रबन्ध गरेर होटलमा ५० प्रतिशत श्यया क्षमतासम्म पाहुना राख्न पाउने छन् । 


कस्तो लाग्यो ?

यो पनि