चैत १६, २०८०, शुक्रबार
               

उपत्यकामा जारी निषेधाज्ञा आज सकिँदै, सिडिओहरु छलफलमा

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका विषयमा छलफल गर्नका लागि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठक आज बस्दैछ ।

काठमाडौं उपत्यकामा लागू निषेधाज्ञाको अवधि आइतबार मध्यरातिबाट सकिँदैछ । कोरोना नियन्त्रणका लागि गत वैशाख १६ देखि सुरु निषेधाज्ञाको अवधि थप्दै साउन १० गतेसम्म पुर्याइएको हो ।

निषेधाज्ञा थप्ने क्रममा क्रमशः खुुकुलो पनि बनाउँदै लगिएको छ । निश्चित समय तोकेर सबै प्रकारका पसल खोल्न दिएको उपत्यकामा छोटो दुरीका सवारी साधन पनि सञ्चालन गर्ने अनुमित दिइएको थियो ।

शनिबारबाट लामो दूरीका सवारीसाधन आवतजावत पनि खुला गरिसकेको छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणको दर बढिरहेको छ । यस्तोमा निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा छलफलका लागि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्न लागेको हो ।

बैठक अपराह्न ४ बजे बस्नेछ । निषेधाज्ञा थपिएको खण्डमा यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि आज छलफल हुने काठमाडौं जिल्लाका सिडिओ कालीप्रसाद पराजुलीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि