जेठ ०५, २०८१, शनिबार
               

कोरोना सङ्क्रमणबाट वडा सदस्यको मृत्यु

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

दैलेख । कोरोना भाइरस सङ्क्रमणबाट दैलेखको डुङेश्वर गाउँपालिका–२ का वडा सदस्य तेजबहादुर थापाको मृत्यु भएको छ ।  कोरोना भाइरस सङ्क्रमण भएपछि उनको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा  आज बिहान मृत्यु भएको अस्पतालका सुपरिन्टेन्डेन्ट प्रकाश थापाले बताए ।

यस्तै, दैलेख जिल्ला अस्पतालमा मङ्गलबार नेपाली कांग्रेस दैलेखका पूर्व पार्टी सभापति जगतजंग थापाको पनि मृत्यु भएको थियो । जिल्लामा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको जिल्ला अस्पताल दैलेखका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार हाल जिल्ला अस्पतालको आइसोलेसनमा १४ जनाको उपचार भइरहेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ छ । जिल्लामा गत महिना मृत्युदर शून्य भए पनि यो महिना बढेकाले यसप्रति सबैलाई सचेत रहन उनले आग्रह गरे ।


कस्तो लाग्यो ?

यो पनि