बैशाख १७, २०८१, सोमबार
               

जनताको मन अशान्त रहेको हुँदा जन्मदिनलाई उत्सवको रुपमा नमनाउने पूर्वराजाको घोषणा

नेपाल फ्ल्यास
असार १६, २०७८

ADVERTISEMENT

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताको मनमा शान्ति छाउन नसकेको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै सहयोगी स्वास्थ्यकर्मीहरूको कर्तव्यपूर्वक उपचार तथा शुभेच्छुकहरूको शुभकामना र याचनाकै कारण आफ्नो स्वास्थ्यमा पूर्ण सुधार भइसकेका बताउँदै उनले देशको चिन्ता गरेका हुन् । पूर्वराजा परिवारलाई कोरोना लागेको थियो भने आज पूर्ण सुधार भएको जानकारी गराएका हुन् । 

साथै जनताको मन अशान्त रहेको बेला कुनै पनि रमाइलो पल आएको नभएको हुँदा आफ्नो जन्मदिन नमनाउने पूर्वराजाले घोषणा गरेका छन् । जनताको निराशा र पिडालाई ध्यानमा राख्दै यही असार २३ गतेको जन्मदिनलाई उत्सवको रूपमा नमनाउने निर्णय गरिएको उनले बताएका हुन् । 

पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा थप संकट र अन्योलको अवस्थामा देखा परेको छ । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काए पनि जनताले सुख सुविधा नपाइरहेको पूर्वराजाले बताएका हुन् । उनले विज्ञप्तिमा भनेका छन्- 'आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ । कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश छन्‌ ।'

यो पनि