जेठ ०७, २०८१, सोमबार
               

सङ्क्रमित घटेसँगै अस्पतालमा शय्या खाली

रासस
जेठ २२, २०७८

ADVERTISEMENT

बाँके । कोभिड सङ्क्रमण दर घटेसँगै बाँकेमा कोभिड-१९ को उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका शय्या खाली भएका छन् ।

लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण भई आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा रहेका २०० शय्यामध्ये ४४ शय्या खाली भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार अहिले भेरीमा १४१ बिरामी छन् । त्यसमा ३३ सिकिस्त रहेका छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेका १३० शय्यामध्ये ५२ शय्या खाली छन् । अठहत्तर बिरामी भर्ना भएकामा ७० सिकिस्त छन् ।

यसैगरी वेस्टर्न अस्पतालका १६ सर्जिकल शय्यामध्ये १३ शय्या र युनाइटेड अस्पतालका १५ शय्यामध्ये १० शय्या खाली भएका छन् । बाँकेका अस्पतालमा अहिले बाहिरी जिल्लाका बिरामीको चाप रहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि