बैशाख १४, २०८१, शुक्रबार
               

सर्वोच्चमा जेठभर संवैधानिक र मौलिक हकसँग सम्बन्धित विषयको मात्रै सुनुवाइ हुने

नेपाल फ्ल्यास
जेठ २१, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले जेठभर संवैधानिक व्याख्या र मौलिक हकसँग सम्बन्धित विषयमा मात्रै सुनुवाइ गर्ने भएको छ । 

शुक्रबार बसेको फुलकोर्टको बैठकले जेठ ३१ गतेसम्म यसअघिकै जसरी नै सुनुवाइलाई निरन्तरता दिने निर्णय गरसँगै सर्वोच्च जेठभर संवैधानिक व्याख्या र मौलिक हकजस्ता संवेदनशील विषयमा केन्द्रित हुने भएको हो । 

नेपाल सरकार वादी भई चलेका थुनुवा मुद्दाको पुनरावेदन फिर्ता एवं प्रचलित कानुनबमोजिम मिलापत्र हुनसक्ने सरकारवादी फौजदारी मुद्दाको मिलापत्रसम्बन्धी कामकारबाही निरन्तर हुनेछ।

उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधिकरणको हकमा पनि यसअघिकै व्यवस्थाअनुसार गर्ने पूर्ण बैठकले निर्णय गरेको छ।

यो पनि