बैशाख २६, २०८१, बुधबार
               

झापा र रुपन्देहीमा पनि जेठ मसान्तसम्म निषेधाज्ञा थप

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

झापा र रुपन्देहीमा तेस्रोपटक निषेधाज्ञा थपिएको छ । दुवै जिल्लामा काठमाडौं उपत्यकाको जस्तै जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थपिएको हो ।

रुपन्देहीमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार खाद्यान्न पसलहरू स्वास्थ्य मापदण्ड अपनाएर प्रत्येक दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म खोल्न पाइनेबाहेक अन्य नियमहरू पूर्ववत् रहनेगरी व्यवस्था मिलाइएको छ ।

निषेधाज्ञामा अवधिमा शान्ति सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, भन्सार, क्वारेनटिन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधन तथा अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा बन्द गर्ने निर्णय भएको छ ।

प्रशासनले निषेधाज्ञा अवधिमा भेला, भिडभाड जम्मा हुने, मानिस भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरेको छ ।

उता, झापामा गत वैशाख २२ गतेदेखि सुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ । जिल्लामा संक्रमण नघटेपछि बैठकले तेस्रो पटक निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।

उनले जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिसमेत सहभागी बैठकले खाद्यान्न पसल सातामा दुई दिन बिहान ६ देखि ९ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।

खाद्यान्न पसल हप्तामा दुई दिन बिहान ६ देखि ९ बजेसम्म खोल्न दिइने छ ।


कस्तो लाग्यो ?

यो पनि