असोज ०६, २०८१, आइतबार
               

मुगुमा पहिलो पटक कोरोनाबाट एकको मृत्यु

नेपाल फ्ल्यास
जेठ १९, २०७८

ADVERTISEMENT

मुगु । कोरोना संक्रमणबाट पहिलोपटक यहाँ एक वृद्धको मृत्यु भएको छ । मृत्य हुनेमा छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले जानकारी दिए । 

उनका अनुसार ती बृद्धालाई अस्पताल ल्याउनेक्रममा मंगलबारबाटोमा नै मृत्यु भएको थियो । एकहप्तादेखि बिरामी हुँदा पनि ती बृद्धा अस्पतालमा जान नमानि घरमा नै रही जडिबुटी सेवन  गरेको बताइएको छ ।

बृद्धाको मृत्युपछि गरिएको एन्टिजिन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताए । गत वैशाखदेखि जिल्लामा संक्रमित सङ्ख्या वृद्धि भएपनि मृत्यु भएको थिएन । हालसम्म २९४ संक्रमित रहेका जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि