जेठ ०६, २०८१, आइतबार
               

त्रिविका २३ जना कर्मचारीको कोरोनाबाट मृत्यु

नेपाल फ्ल्यास
जेठ १८, २०७८

ADVERTISEMENT

काडमाडौं । कोरोना भाइरस संक्रमणबाट त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसहित २३ जना कर्मचारीको मृत्यु भएको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले संक्रमणबाट ११ शिक्षक र १२ कर्मचारीको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार सहप्राध्यापकद्वय किशोर महर्जन र डाक्टर शेरजङ्ग खड्का, उप–प्राध्यापकमा शङ्कर सुवेदी, विनय प्रसाई, दिपक मैनाली, निमा शेर्पा र उमेश यादव, शिक्षण सहायकमा धर्मेन्द्र महर्जन र डोलबहादुर भण्डारी तथा आंशिक  शिक्षकमा मनोज चौरसिया र नविन कर्णको कोरोनाबाट मृत्यु भएको छ ।

त्रिविले अहिलेसम्म ६१६ जना शिक्षक, कर्मचारी संक्रमित भएको जनाएको छ । त्रिविले संक्रमणको दोस्रो लहर सुरु भएपछि सबै परीक्षा स्थगन गरेको छ । संक्रमणका कारण त्रिविका ७९ शिक्षण इकाइले पूर्ण रुपमा र ३० वटा निकायले आंशिक रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेको महाशाखा प्रमुख दाहालले बताए । 

 


कस्तो लाग्यो ?

यो पनि