काठमाडौं । सर्वोच्च अदालतलेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेलाई लिएर परेको रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको छ । केही दिनअघि अधिवक्ता पूण्यप्रसाद खतिवडाले दायर गरेको रिटमा न्यायाधीश मीरा खड्काको एकल इजलासले बुधबार विपक्षी राष्ट्रपतिको कार्यालय, संवैधानिक परिषद्लगायतका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
'यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाण सहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखितजवाफ पेश गर्नु भनी आदेश र निवेदनको प्रतिलिपिसमेत राखी विपक्षीका नाममा म्याद सूचना जारी गरी लिखितजवाफ परे वा अवधि नाघे पछि नियमानुसार गरी पेश गर्नू,' आदेशमा भनिएको छ ।
राष्ट्रपति भण्डारी पछिल्लो पटक वैशाख २१ गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।