जेठ ०६, २०८१, आइतबार
               

संक्रमित पत्रकारलाई घरमै स्वास्थ्य सेवा

नेपाल फ्ल्यास
जेठ ०३, २०७८

ADVERTISEMENT

इनरुवा । नेपाल प्रेस युनियन सुनसरी शाखाले कोरोनाबाट संक्रमित भएका पत्रकार तथा सञ्चारकर्मीलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । दोस्रो चरणको कोरोना फैलिएपछि जिल्लामा झण्डै एक दर्जन सञ्चारकर्मी संक्रमित भएका छन् ।

होम आइसोलेशनमा बसेका सञ्चारकर्मीलाई घरमा गएर स्वास्थ्य सेवा दिन थालिएको अध्यक्ष पवन अधिकारीले जानकारी दिए । कोरोनाबाट सङ्क्रमित सञ्चारकर्मीलाई घरमै गएर डाक्टर, नर्ससहितको निःशुल्क स्वास्थ्य सेवा दिन थालिएको छ ।

संक्रमित सञ्चारकर्मीलाई घरमै गएर परामर्श दिने र आवश्यक औषधोपचार गर्ने गरी डा. अमितकुमार खतिवडा र स्टाफ नर्स किरण चौधरीसँग प्रेस युनियनबीच सहमित भएको अध्यक्ष अधिकारीले बताए । 

घरमै गएर सेवा प्रवाह गर्दा संक्रमित सञ्चारकर्मीलाई हौसला प्रदान हुनुका साथै संक्रमण मुक्त हुनका लागि सहज हुने अधिकारीको भनाइ रहेको छ ।

युनियनले यसअघि गत वर्ष सुनसरीका २६० जना सञ्चारकर्मीको निःशुल्क कोरोना बीमा गरिएको थियो । बीमा गरिएकामध्ये ३० जनालाई जनही एक लाखका दरले रकम समेत पाइसकेको अधिकारीले बताए । 


कस्तो लाग्यो ?

यो पनि