असोज ०६, २०८१, आइतबार
               

लुम्बिनी प्रदेशमा नौ सङ्क्रमितको मृत्यु

नेपाल फ्ल्यास
जेठ ०२, २०७८

ADVERTISEMENT

लुम्बिनी प्रदेशको बाँके र दाङमा गरी नौ सङ्क्रमितको मृत्यु भएको छ । यीमध्ये सात बाँकेमा र दुई दाङका छन् । बाँकेमा अस्पताल भर्ना भएका थप सात कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ ।

बर्दियाका तीन, बाँकेका दुई, रोल्पाका र कैलालीका एक–एकजना गरी सातको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका–१५ निवासी ६७ वर्षीय पुरुष, मधुवन नगरपालिका–९ बर्दिया निवासी ७१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ५० वर्षीय पुरुष, रुण्टीगढी गाउँपालिका रोल्पा निवासी ३५ वर्षीय पुरुष र बढैयाताल–२ निवासी ८७ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत गौरीगङ्गा गाउँपालिका–४ कैलाली निवासी ५२ वर्षीय पुरुषको पनि गए राति उपचारका क्रममा मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट २३४ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १८३ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए । 
 


कस्तो लाग्यो ?

यो पनि