जेठ ०७, २०८१, सोमबार
               

कोरोना महामारीसँग सम्बन्धित रिट भएन दर्ता

नेपाल फ्ल्यास
बैशाख २३, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञाको कारण देखाएर कोरोना महामारीसँग सम्बन्धित रिट दर्ता गर्न अस्वीकार गरेको छ ।

अदालतले कोरोना महामारीमा सर्वसाधारणको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारका नाममा परमादेश माग गर्दै पेस रिट अस्वीकार गरेको हो । 

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले अस्पताल भरिए खुला चौर, रंगशाला, ठूला होटलमा राखेर भए पनि उपचार गर्न, अक्सिजनको व्यवस्था मिलाउन, सीमा नाका व्यवस्थित गर्न, क्वारेन्टिन र आइसोलसनको व्यवस्था गरी नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित नगराउन माग गर्दै रिट लिएर गएका थिए ।

सर्वोच्च अदालतको गत जेठ १४ गते बसेको पूर्ण बैठक (फुल कोर्ट) ले वैशाख १५ देखि वैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरुको दर्ता र सुनुवाइँ गर्ने निर्णय गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि