जेठ ०७, २०८१, सोमबार
               

दुई  फरार प्रतिवादी पक्राउ

रासस
बैशाख २३, २०७८

ADVERTISEMENT

सिन्धुली । जिल्ला प्रहरी कार्यालयले दुई  फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अंश मुद्दामा जिल्ला अदालतले फैसला गरिसकेका प्रतिवादीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार कमलामाई नगरपालिका–४ निवासी २० वर्षीय रन्जेशविक्रम बुढाथोकी र २४ वर्षीय राजेन्द्रविक्रम बुढाथोकी पक्राउ परेका हुन् ।

उनका अनुसार अंश मुद्दामा अदालतको विसं २०७३ फागुन १ गते गरेको फैसलाले प्रतिवादीउपर जनही रु १५ हजार ८२३ नपुगी अदालत शुल्क जरिवाना भई हालसम्म उनीहरु फरार रहेका थिए । उनीहरूलाई खोजी गर्दै जाँदा कमलामाई–४ स्थित बाटोमा फेला पारी निजहरुलाई आवश्यक कारवाहीका लागि अदालत पठाइएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि