मंसिर ०१, २०८१, शनिबार
               

वीर अस्पतालले माग्यो १०३ कर्मचारी

नेपाल फ्ल्यास
बैशाख २२, २०७८

ADVERTISEMENT

काठमाडौं । वीर अस्पतालले सय जना स्पटार्फ नर्ससहित १०३ जना कर्मचारी माग गरेको छ। कर्मचारीले बुधबार एक  सूचना जारी गरी उल्लेखित कर्मचारी भर्नाका लागि दर्खास्त आह्वान गरेको हो । 

वीर असपतालले कोभिड १९ को संक्रमणको कारण जटिल लक्षण सहितका संक्रमितको चाप वृद्धि भएका कारण संक्रमितको हेरचाह र उपचारका लागि ६ महिनाका लागि कर्मचारी माग  गरेको सो सूचनामा उल्लेख छ । 

अस्पतालले वैशाख २-५ बजेसम्ममा दरखास्त दिन अनुरोध गरेको छ।

अस्पतालले  आज सूचना प्रकाशित गर्दै ६ महिनाका लागि करार सेवमा नवौँ तहमा तीन जना क्रिटिकल केयर वा क्रिटिकल केयरमा अनुभव भएको एनोस्थेसियोजिष्ट ३ जना र पाँचौ तहमा १०० जना  स्टार्फ नर्सका लागि दरखास्त आह्वान गरेको छ।

यो पनि