बैशाख ०७, २०८१, शुक्रबार
               

उपत्यकामा निषेधाज्ञा वैशाख २९ गतेसम्म कायम रहने

नेपाल फ्ल्यास
बैशाख २१, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्बिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णयबमोजिम उपत्यकाको निषेधाज्ञा अवधि लम्बिएको हो । 

मंगलबार बसेको तीन जिल्ला प्रमुखको संयुक्त बैठकको निर्णयअनुसार उपत्याकामा २९ गतेसम्म निषेधाज्ञा जारी रहनेछ । सो बैठकले पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म कायम गरेको छ । 

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको बताइएको छ । 

यो पनि