जेठ ०३, २०८१, बिहीबार
               

पूर्वी नवलपरासीमा आज रातिबाट निषेधाज्ञा लागू हुने

नेपाल फ्ल्यास
बैशाख २१, २०७८

ADVERTISEMENT

काठमाडौं । नवलपरासी (बर्दघाट–सूस्तापूर्व) मा आज मध्यरातबाट निषेधाज्ञा जारी गरिने भएको छ । जिल्लामा ३०० भन्दा बढी संक्रमित पुगेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा लागू गर्ने भएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले नवलपुरमा वैशाख २१ गते राति १२ बजेदेखि जेठ ४ गते राति १२ बजेसम्म १५ दिन निषेधाज्ञा जारी गर्न सिफारिश गरेको हो । सोमबार मात्रै जिल्लामा ७७ नयाँ संक्रमित फेला परेका छन् । योसहित नवलपुरमा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या ३४६ पुगेको छ ।

दोस्रो लहरमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण जिल्लामा तीन जनाको निधन भएको छ भने नयाँ संक्रमणको लहरपछि संक्रमित भएकामध्ये २७ जना निको भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि