जेठ ०४, २०८१, शुक्रबार
               

अक्सिजन नपाउँदा कञ्चनपुरका दुई शिक्षकको मृत्यु

नेपाल फ्ल्यास
बैशाख १८, २०७८

ADVERTISEMENT

काठमाडौं । कोरोनाका कारण कञ्‍चनपुरमा दुई शिक्षकको मृत्यु भएको छ। कोरोना संक्रमित दुई शिक्षकको ज्यान अक्सिजन नपाउँदा गएको हो । 

ज्यान गुमाउने शिक्षकहरुमा कञ्‍चनपुर दोधरा चाँदनी नगरपालिका–७ बाबाथानस्थित लक्ष्मी माविका प्रध्यानाध्यापक र भृकुटी माविकी शिक्षिका छन् । 

सामान्य रुघाखोकीसँगै श्‍वासप्रश्‍वासमा समस्या भएपछि लक्ष्मी माविका प्रध्यानाध्यापक १६ गते महाकाली अस्पतालमा भर्ना भएका थिए । दोस्रो दिन १७ गते कोभिड पुष्टि भएको थियो । थप उपचारको लागि डडेल्धुरा लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । अक्सिजन नभएको एम्बुलेन्समा उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

यस्तै, कोभिड पुष्टि भएकी कञ्‍चनपुरको भृकुटी माविकी शिक्षिकाको पनि अक्सिजन अभावका कारण मृत्यु भएको छ । तीन दिनअघि स्वास्थ्यमा समस्या भएपछि कोभिड परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो । कञ्‍चनपुरमा हालसम्म कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि १२ जना संक्रमितको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि