बैशाख १२, २०८१, बुधबार
               

सम्पूर्ण हवाई उडान बन्द गर्न सीसीएमसीले गर्यो सिफारिस

नेपाल फ्ल्यास
बैशाख १८, २०७८

ADVERTISEMENT

काठमाडौं । विश्वव्यापी महामारीको रुपले फैलिएको दोस्रो चरण कोरोना भाइरस संक्रमण रोकथामका लागि अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्न सिफारिस गरिएको छ ।

शुक्रबार बसेको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सम्पूर्ण हवाई उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको सीसीएमसीको शुक्रबार साँझ सिंहदरबारमा बसेको बैठकले कोरोना भाइरसको जोखिम बढ्दै गएको निष्कर्षसहित सरकारलाई यस्तो सुझाब दिएको छ ।

कोरोना संक्रमण रोकथामका लागि यसअघि गरिएका निर्णयको प्रभावकारी कार्यान्वयन तथा स्वास्थ्य व्यवस्था थप बलियो बनाउनुपर्ने सिफारिस पनि सीसीएमसीले मन्त्रिपरिषद्लाई गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

सीसीएमसीको बैठकले कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि र यसलाई थप फैलिनबाट रोक्नका लागि थप कदम चाल्न पनि मन्त्रिपरिषद्लाई सिफारिस गरेको उनको भनाइ छ ।
 

यो पनि