चर्चित गायक प्रकाश सपूतलाई कोरोना पुष्टि भएको छ । होम आइसोलेसनमा बसेका प्रकाशलाई शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउँको भारी हुने, घरीघरी श्वास बढ्नेजस्ता समस्या देखिएको थियो।
उनले आफूलाई कोरोना लागेकाे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेकाे बताएका छन् तर, कोरोना संक्रमणले निकै हतोत्साहित गराएको बताएका छन् ।
अहिले भने आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् । काठमाडौं मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणबाट कोरोना पोजिटिभ देखिएको हो।