बाँकेमा कोरोना संक्रमण भई उपचार गराइरहेका थप तीन संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका ३ का २६ वर्षीय पुरुष, कोहलपुर नगरपालिका १ की ६० वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका-९ का ७४ वर्षीया महिलाको मृत्यु भएको छ।
योसँगै हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्ला १०६ जना संक्रमितको मृत्यु भएको छ।