असोज ०५, २०८१, शनिबार
               

बिपी प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

धरान । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले जानकारी दिए ।

डा. पोखरेलका अनुसार यसअघि धनुषा जनकपुरधाम–८ का ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनलाई यही वैशाख ९ गते अस्पतालन भर्ना गरिएको थियो । उनी पनि उच्च रक्तचापको बिरामी रहेका थिए ।

दुवै शव स्वास्थ्य मापदण्ड अनुसार व्यवस्थापन गरिएको छ । प्रतिष्ठानमा पछिल्लो समय मृत्यु हुनेको सङ्ख्या ६ जना पुगेको छ । हालसम्म १२५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको प्रतिष्ठानले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि