जेठ ०१, २०८१, मंगलबार
               

मन्त्रिपरिषद बैठक आज, केही स्थानमा लकडाउन गर्न सक्ने

नेपाल फ्ल्यास
बैशाख १३, २०७८

ADVERTISEMENT

मन्त्रिपरिषदको नियमित बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ५ बजे मन्त्रिपरिषद बैठक बस्न लागेकाे हाे । 

आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । उक्त सिफारिसमाथि आजकाे बैठकमा छलफल हुने बताइएकाे छ ।

सिसिएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो । यस्तै पहाडमा २०० र सहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र  (डीसीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि